चोरी गरेर गोरु काट्ने २ ब्यक्ति प्रहरी पक्राउ


इलाममा गोठको गोरु चोरेर काटेको भन्दै दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।  चुलाचुली गाउँपालिका वडा नं. ३ मा मनकुमारी राईको गोठमा बाँधेको गोरु चोरेर काटेको आरोपमा सोही स्थानका कमलदास चौहान र रेमन लुङगेली पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । उनिहरुले सोहिठाउँका धनबहादुर राईको घरमा काट्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।  धन कुमार राई भने फरार रहेको खोजिकार्य भइरहेको प्रहरीको भनाइ छ । पक्राउ परेका दुईजनालाई इलाम जिल्ला अदालतमा म्यादथप गरी अनुशन्धान भईरहेको छ ।

सेयर गर्नुस्

0 comments: