१९ वैशाख, चुलाचुली । इलामको चुलचुली
गाउँपालिका वडा न. ४ मा नेपाल टेलिकमले निर्माण गरेको बीटीएस टावरको
विहिवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रमुख अतिथि चुलाचुली
गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बीटीएस टावरको उद्घाटन गर्दै लामो
समयको अथक प्रयास पछि यस स्थानमा टेलिफोनको टावर स्थापना गर्न सफल भएको
बताउनुभयो ।
एनटीसीको नेटवर्क नआउने समस्याबाट स्थानीय
वासिन्दा पीडित भइरहेको अवस्थामा टेलिकमले टावर स्थापना गरेपछि यहाँको
जनजीवन सहज भएको अध्यक्ष राईले बताउनु भयो ।वडा नं. ४ का वडाध्यक्ष कालिदास भट्टराईले टावर राख्न सहयोग पु¥याउने
सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । आफूले निर्वाचनताका गरेका प्रतिबद्धतालाई
व्यवहारमा उतार्न आफूले कुनै कसर बाँकी नराखेको बताउनुभयो । सो टावर
उद्घाटन समारोहमा नेपाल टेलिकम दमकका सहायक प्राविधिक अधिकृत शिवकुमार
राईले टावर स्थापना भएपछि तीन किलोमिटर आसपासका क्षेत्रमा सेवा सहज हुने
बताउनुभयो । टावर निर्माणमा १ करोडभन्दा बढी लागत लागेको राईले बताउनुभयो ।
साभार - खरो खबर डट कम
0 comments: