चुलाचुलीमा सर्जमिनकाे समीक्षा सम्पन

चेतन आङ्गथुपो चुलाचुली
गाउँमा नाट्य संस्कृति समृद्धिकाे लागि माघ २ गते चुलाचुलीमा मञ्चन भएको नाटक "सर्जमिन" काे समीक्षा कार्यक्रम अाज चुलाचुली रंगमञ्चले अाफ्नै प्रेक्षालयमा सम्पन गरेका छ ।
प्रमुख अतिथि वडापालिका -४ का प्रमुख कालिप्रसाद भट्टराई रहेकाे समिक्षा कार्यक्रममा रंगमञ्चले अायव्यय समेत सार्वजनिक गरेकाे छ । नाटक शुल्क र निकायकाे सहयोग गरि जम्मा अाय १ लाख १३ हजार ८ सय ६० रूपैयाँ , खर्च तर्फ ५५ हजार ५ सय ५० रूपैयाँ र माैज्द ६२ हजार ३ सय दस रूपैयाँ रहेको संस्थाका पुर्व अध्यक्ष केशर भुजेलले जानकारी गराएका छन । ५ सय २५ जना दर्शकले हेर्न सफल भएको नाटक सरजमिन बारे समिक्षा कार्यक्रममा प्रमुख अतिथिले भने, ` मलाई साँच्चै नाटकले रूवाइयाे, नाटकमा जुन घटना देखाउन खाेजेका छ त्यस्ताे घटना समाजमा अझै भइरहने भएकाले म जस्ता वडा प्रमुखले गहिरिएर बुझ्नु पर्ने थियाे।´ समग्रमा नाटक चुलाचुली गाउँपालिकाकाे लागि उपलव्धी मुलक रहेका साथै दर्शकले अति नै रूचाएका प्रतिक्रिया गरेका छन । एक दर्जन संस्था र समाजसेवी व्यक्तित्वहरूलाई रंगमञ्चले कार्यक्रम सफल बनाउन सहयोग गरेकामा सम्मानित गरेका छ। सुवास अाङथुपाे, कुमार साम्पाङ राई, नगेन्द्र श्रेष्ठ, चन्द्र दंगाल, प्रकाश सुहाङ, सागर जवेगु, सुवास राग लगायतलाई प्रमुख अतिथिद्वरा खदा र सम्मान पत्रले सम्मानित गरिएको थियाे । मण्डल थिएटर नेपालकाे प्रस्तुती रहेका उक्त नाटक "सर्जमिन"मञ्चनकाे लागि चुलाचुलीमा स्थानीय अायाेजकमा चुलाचुली रंगमञ्च र युवा संघ नेपाल, चुलाचुली रहेको थियाे । कार्यक्रम संस्थाकाे अध्यक्ष मानहाङ लावतीकाे संयाेजकत्वमा सम्पन भएको थियाे ।

सेयर गर्नुस्

0 comments: