पाँच सदस्यीय प्रदेश मन्त्रिपरिषद गठन


प्रदेश नम्वर को मु्ख्यमन्त्रिमा नियुक्त भएका नेकपा एमालेका नेता शेरधन राईले विहिवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्वाहाङले मुख्यमन्त्री राईलाई शपथग्रहण गराएका हुन् मुख्यमन्त्रि राईले देश जनताको नाममा पद तथा गोपनीयताको शपथ लिएका छन्
मुख्यमन्त्रि राईको शपथ लगतै पाँच सदस्यिय मन्त्रि मण्डल पनि गठन भएको नवगठित मन्त्रि परिषदमा एमाले हिक्मत कार्की, माओवादी केन्द्रका इन्द्र आङ्बो, एमालेका जीवन घिमिरे जगदिश कुशियत रहेका छन् नवनियुक्त प्रदेश सरकारका मन्त्रिहरुलाई मुख्यमन्त्रि राईले पद तथा गोपनीयताको शपथ गराएका छन्
नेकपा एमालेबाट चार नेकपा माओवादी केन्द्रबाट एक गरि पहिलो चरणमा पाँच सदस्यिय मन्त्रि परिषद गठन भएको हो मन्त्रिहरुको कार्यविभाजन सहित गठन भएको मन्त्रि परिषदमा हिक्मत कार्कीले आन्तिरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्
यसैगरी इन्द्र आङबोले आर्थिक मामिला तथा योजना मन्त्रालय, जीवन घिमिरेले सामाजिक विकास मन्त्रालय जगदिश कुसियतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका हुन् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय मुख्यमन्त्रि मातहतमा राखिएको
मुख्यमन्त्रि मन्त्रिहरुको शपथ लगतै मुख्यमन्त्रि शेरधन राईले विराटनगर मा रहेको कम्युनिष्ट नेता पुष्पलालको शालिकमा माल्यार्पण गरी पदभार ग्रहण गर्न मुख्यमन्त्रिको कार्यालयमा पुगेका थिए मुख्यमन्त्रीको सपथ लिएपछि सञ्चारकर्मीहरु कुराकानी गर्दै उनले विकास समृद्धिको एजेण्डामा केन्द्रित रहेका अगाडी बढने बताए उनले अर्जुनदृष्टि गरेर प्रदेशलाई समृद्धि पार्न लागि पर्ने बताए
प्रदेश को अर्थमन्त्रीमा नियुक्त भएपछि माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशका स्रोत साधनको सही सदुपयोग परिचालन गरेर प्रदेशको चौतर्फी विकासमा ध्यान दिने बताए
त्यस्तै गृह (आन्तरिक मामिला तथा कानुन) मन्त्रीमा नियुक्त भएका हिक्मत कार्कीले प्रदेशमा शान्ति सुरक्षा कायम गरी अगाडि बढाउने आफ्नो पहिलो प्राथामिकता रहेको बताए साथै प्रदेशलाई आवश्यक पर्ने कानुन निर्माण गर्न लागिपर्ने उनको भनाइ
त्यस्तै सामाजिक विकास मन्त्रीमा नियुक्त भएका जीवन घिमिरेले मन्त्री पदको सपथ लिएपछि घिमिरेले प्र्रदेशलाई समृद्ध बनाउन लागिपर्ने बताए आफ्नो मन्त्रालयमा परेको शिक्षा, स्वास्थ्य जस्ता विषयमा आम जनताको पहुँच स्थापित गर्न आपूm लागिपर्ने उनको भनाइ
त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका जगदिश कुशियतले नम्बर प्रदेशमा रहेको पर्यटकीय संभावनाको खोजी गरी प्रदेशको समृद्धिमा ध्यान दिने बताए



सेयर गर्नुस्

0 comments: