गजल

___________गजल___________

समयको काटाहरु रोकिदैन् कहिल्यै
भन्नु हुदैन् जिन्दगीमा ठोकिदैन् कहिल्यै

खोक्नु हुन्न् वर्तमानको सुखभित्र यहाँ
भन्थ्यौ हिजो बासी रोटी टोकीदैन् कहिल्यै

घमण्डको पोकोहरु फोर्नु पर्छ सबै
भविष्यको बाटोहरु तोकीदैन् कहिल्यै

अनगिन्ती समस्याले गाँजेपछि मात्रै
घमण्डी त्यो मान्छेहरु झोकीदैन् कहिल्यै

दुःखबाट टाडिन खोज्दा हुने भए त
हो भगवानको नाम घोकीदैन् कहिल्यै

दिनेश साम्पाङ राई ( रुन्चे)
सुर्यदया न:पा वार्ड न: 5
समाल्बुङ ईलाम

सेयर गर्नुस्

0 comments: