चेतन आङथुपो/चुलाचुली/ इलामको दक्षिणी चुलाचुली गाउँपालिका बर्सौ देखि जंगली हात्तीकाे अातंकबाट प्रभावित बन्दै अाएका छन ।
माघ १ र २ गते वडापालिका ४ र ५ मा रहेका स्थानीयवासीहरूकाे अाधा दर्जन घर जङली हात्तिलेभत्काएका छन भने, बाली भकारीका धान, मकै अन्नकाे क्षति पुरयाएकाे छ ।
गए राती साढे दस बजे ७ वटा हात्तीका समूहले चुलाचुली गाँउपालिका ४ निवासी चन्द्र लिवाङ, सन्ताेस लिवाङका तीन दाजुभाईकाे घर बस्नै नहुनेगरि भत्काएकाे र अन्नपात खाएका छ । उक्त क्षति विहाेरिएका पिडितहरूलाई अाज नेपाल तरुण दलकाे अगुवाइमा राहत वितरण गरेको छ ।
चुलाचुली गाउँ पालिका नेपाल तरुण दल सभापति सागर जबेगुले भने, ´ चिसाे माैसममा वस्न खान समेत अभाव भएका पिडित दाजुभाइलाई एक बाेरा चामल सहित चार हजार बराबरको राहत वितरण गरेकाछाै ।`
उक्त राहत वितरणमा वाडपालिका ४ कांग्रेस सभापती प्रेम तामाङ र तरुण दल
नेपाल तरुण दल चुलाचुलीले क्षति भएको घर लाई पुन: मर्मत गर्न निसुल्क श्रम गर्ने घोषण समेत गरेको छ। उक्त हात्ती अातंकबाट क्षति विहाेरिएका जनताकाे नाजुक स्थितिलाई सम्बाेधन गर्दै कांग्रेसका अगुवा नेता राजेन्द्र केरूङले अाफ्नाे फेसबुक संजालमा लेखेका छन, ´हाल सम्म निर्बाचित वाड कार्यलय र गाउँ पालिकाले कुनै आपतकालीन कोषबाट बाट राहत बितरन नगर्दा कडा आपत्ति र ध्यानाकर्षण समेत गरेको छ। जनता लाई आपत बिपत्ति पर्दा आपतकालीन राहत कोषबाट राहात दिन नसक्ने प्रतिनिधि कोष बन्द गर्ने चेतावनी समेत दिदै बर्सेनि हुने धन र मानवीय क्षतिलाई दीर्घकालीन न्यूनीकरण गर्न सुझाव समेत दिएको छ।`

0 comments: