चिकित्सकको निष्कर्ष : प्रकाशलाई आकस्मिक हृदयाघात

प्रकाश दाहालको निधनबारे पत्रकारलाई जानकारी गराउँदै नर्भिक अन्तर्राष्ट्रिय
अस्पतालकामुटुरोग विशेषज्ञ डा. जेपी जैसवाल 
काठमाडौं : चिकित्सकले प्रकाश दाहालको निधन लक्षण देखिएको छोटो समयमै मृत्युको मुखमा पुर्याउने रोगआकस्मिक हृदयाघातका कारण भएको निष्कर्ष निकालेका छन्।

यस्तो प्रकृतिकको हृदयाघातमा अचानक छाती दुख्छ उठ्न नपाउँदै सम्बन्धित व्यक्तिको मृत्यु हुन्छ। प्रकाशलाई त्यस्तो समस्या देखिएको हुन सक्ने अस्पताल ल्याउनु भन्दा करिब तीन घण्टा अगावै उनको निधन भएको हुन सक्ने चिकित्सकको भनाइ छ। 
यस्तो आकस्मिक हृदयाघातमा खाना खाँदै गर्दा वा हिँड्दाहिँड्दै पनि मानिसको ज्यान जान सक्छ, प्रकाशलाई अस्पताल ल्याएपछि जाँचको नेतृत्व गरेका नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जैसवालले भने, ‘अचानक देखिने लक्षणमै आफन्त झुकिन्छन बिरामीलाई अस्पताल पुर्याउन समेत ढिलो हुन्छ।
चिकित्सकले हृदयाघातका मुख्य कारण अस्वस्थकर जीवनशैली, मोटोपन, तनाव, उच्चरक्तचाप, धुमपानलगायतलाई मान्ने गरेका छन् तर कतिपयलाईजेनेटिक कारणले आकस्मिक हृदयाघात हुने गरेको छ।
प्रकाशलाई हृदयाघात हुनुको मुख्य कारण पनिजेनेटिक भएको हुन सक्ने चिकित्सकको बुझाइ छ।उहाँलाई यसअघि अरु कुनै पनि प्रकारका समस्या थिएनन्। उहाँको रक्तचाप सामान्य थियो। मधुमेह वा मुटुसम्बन्धी समस्या पनि थिएन। नत उहाँले तत्कालै कुनै शरीरलाई हानी गर्ने पदार्थ खाएको पाइयो, डा. जैसवालले भने, ‘अरु कुनै समस्याको पृष्टभूमि नभएकाले हामीले उहाँको हृदयाघातजेनेटिक कारण हो भन्ने बुझेका छौँ। आकस्मिक हृदयाघातको मृत्युमा नकिजका मानिस बाहेक अरुले थाहा समेत नपाउने अवस्था सिर्जना हुने डाजैसवालको भनाइछ।
पारिवारिक श्रोतका अनुसार प्रकाश अलि बिसन्चो भएको भन्दै शनिबार राति सुत्न गएका थिए। बिहान उठाउन जाँदा उनले कुनै प्रतिक्रिया नदिएपछि तुरुन्त दुई सुरक्षाकर्मीले अस्पताल पुर्याएका थिए। चिकित्सकका अनुसार प्रकाशलाई पाँच बजेर ५० मिनेटमा अस्पताल पुर्याइएको थियो। प्रकाशलाई अस्पताल पुर्याएको करिब १० मिनेटमै चिकित्सकले उनको मृत्यु भइसकेको बताएका थिए।
अस्पतालले करिब घण्टापछि पत्रकार सम्मेलन गरी प्रकाशको मृत्युबारे औपचारिक जानकारी दिएको हो।तुरुन्तै जाँच गर्दा प्रकाशको हात चिसो भइसकेको थियो। मुटुको चाल पुरै बन्द थियो। श्वाप्रश्वास ठप्प थियो। आँखाका नानी पनि ठूला भइसकेका थिए। खुट्टा पनि चलेका थिएनन शरीर पुरै कडा भइसकेको थियो, डा. जैसवालले भने, ‘इसिजीको रिपोर्ट पनि राम्रो आएन। त्यसैले तीन घण्टा पहिले नै उहाँको निधन भएको   हुनसक्ने हामीलेअनुमान गरेका छौं।  झापामा रहेका बुबा पुष्पकमल दाहाल, श्रीमती, आमा दिदीलगायत परिवारका सदस्य अस्पताल आउन समय लागेका कारण चिकित्सकले ढिलोगरी प्रकाशको निधनको औपचारिक जानकारी दिएका हुन्।
उहाँको शरीर सबै ठिक , मुख पनि ठिक छ। कुनै पनि किसिमको चोटपटक पनि छैन कुनै पदार्थ सेवन गरेको पनि पाइदैन। त्यसैले उहाँको मृत्युको ९९ प्रतिशत हृदयघात एक प्रतिशत मस्तिष्क घातका कारण भएको हाम्रो निश्कर्ष हो, डा. जैसवालले भने।



सेयर गर्नुस्

0 comments: