बेल्जियम को ब्रुसेल्स मा ४६ वर्ष पहिले जन्मिएका फ्रेडरिक लेक्लोक्स फोटोग्राफर हुन। उनि नेपाल पहिलो पटक बि स २०५१ साल मा आएका थिए फ्रान्स को ड्रोममा स्थाई बसोबास गर्ने लेक्लोक्स त्यसपछि बारम्बार नेपाल आए उनले पहिलो प्रकासन गरेको पुस्तककै नाम 'काठमांडू २०५८' राके तर किताब रिलिज गरे बि स २०६० मा। माओबादी द्वन्द ले चरम रुप लिएको वर्ष पनि थियो बि स २०५८ सो पुस्तक फ्रेन्च भासा मा मात्र प्रकासित भयो हालसम्म उनले १० वटा फोटो पुस्तक हरु लेखिसकेका छन् ति मद्ये नेपाल एभ्रिड़े इपिफानिज यो दसैँ र तिहार मा नेपालको बजारमा आउदै छ। फ्रेन्च ,अंग्रेजी अनि नेपाली भासामा एकसाथ प्रकासन को तयारि भैरहेको सो पुस्तकलाई नेपाली भासामा प्रविन अधिकारीले अनुवाद गरेका छन। सो पुस्तकमा उनि सङ २०११ को अप्रिल र मे महिना मा अर्थात ६ वर्ष पहिले इलाम भ्रमण गरेको बेला कैद गरिएको एक तस्बिर पनि परेको छ फ्रेडरिक लेक्लोक्सले सो तस्बिरको क्यापसनामा सन्तोस बाया र राकेस दाया इलामको चियाबारी मा फोटो को लागि पोज दिदै २०११ लेकेका छन
चियाबारी दैनिक ले लेक्लोक्स संग सम्पर्क गर्दा उनले लिमिटेड ११ वटा फाइन आर्ट प्रिन्टको सो तस्बिर आफु संग रहेको बताए उनले हामिसंग को इमेल सम्पर्कमा भने मेरो सबै भन्दा महत्वपुर्ण तस्बिरहरु मध्ये यो तस्बिर पनि पर्छ ६ वर्ष पहिले मैले यी दुइ केटाहरु संग सुन्दर पल बिताएको छु मैले यो तस्बिरमा हस्ताछ्यर गरेर केहि लिमिटेड इडिसन मा मात्र राखेको छु तर आजसम्म मैले एक तस्बिर पनि बेचेको छैन यदि तपाईलाई राम्रो र गुणस्तरीय प्रिन्ट मा तस्बिर चाहिन्छ भने मा खुसि साथ पठाइदिन तयार छु यदि तपाइले यी केटाहरु लाइ भेट्नु भयो या चिन्ने मौका पाउनु भयो भने मैले त्यो समयमा पठाएको तस्बिर पाए कि पाएनन बुझिदिनु होला यदि पाएका छैनन् भने म पुन तस्बिर पठाउने प्रयास गर्ने छु मेरो कामप्रतिको तपाइँ को सद्भाबको लागी धन्यवाद।
इलामको चियाबारी मा खिचिएको सो तस्बिर बिस्वब्यापी रुपमा एक वर्ष अघि नै इन्टरनेट मा भाइरल भैसकेको थियो भर्खरै चार महिना मात्र पहिले भारतीय चर्चित अनलाइन निउज पोर्टल मिड डे ले पनि यो तस्बिर अ लुक एट नेपाल इन पिक्चर्स सिर्सकमा प्रकासित गरिसकेको छ भारतको दिल्ली मा गत वर्ष को मे महिना मा आयोजना गरिएको फोटो एक्जिभेसन मा पनि यो फोटो राखिएको थियो
सो समयमा भारतको बैगलोर बाट प्रकासन हुने अनलाइ पोर्टल पोलका क्याफे ले स्कोप अ फोटो फिचर अन नेपाल सिर्सक मा यो तस्बिर प्रकासन गएको थियो लेक्लोक्सले सन् २०१३ मा नेपाली टाइम्स मा एक आर्टिकल लेखेर सो तस्बिर नेपाल एभ्रिड़े इपिफानिज मा प्रकासन गर्ने बताएका थिए तर नेपालि टाइम्स ले अप्रकासित पुस्तक ने प्लस भोएगर मा प्रकासन हुने उल्लेख गरेको थियो।
उनले लेखेका थिए नेपालका कुनै पनि कुराले मलाई क्रुध्ध बनाउदैन मृत्यु हिँसा ज्वरो धुवाधुलो ह्याभी मेटल र भिडभाड। म ठिक ठाउ मा आएको छु त्यो ठाउ जसले अर्डर र डीसअर्डर बीच को सन्तुलन खोजिरहेको छ जसले कथा र बास्तबिकता बिच को सन्तुलन खोजिरहेको छ यो नेपाल हो जहा म मेरो लेन्स ले तस्बिरहरु क्याप्चर गरिरहेको छु र नेपाल नै किन भन्ने प्रस्नको उत्तर खोज्ने प्रयासमा छु नेपाल त्यसमा पनि इलाम लाइ बिस्व सामु चिनाउन प्रयासरत यी बिदेसी नायकलाई हार्दिक धन्यवाद भन्दै चियाबारी दैनिकले समाचार प्रकासन गरेको छ।
समाचार सम्पादन - देवेन्द्र पौडेल
0 comments: