गौतम बुद्ध विमानस्थल काम सुरु

आश्विन , २०७४-व्यवस्थापिकासंसद अन्तर्गतका समितिहरुको बैठकमा मन्त्री नै अनुपस्थित हुदा विकास आयोजनाहरु प्रभावित हुने सांसदहरुले बताएका छन्  
सार्वजनिक लेखा समिति, विकास समितिलगायतले विभिन्न आयोजनाका बारेमा बुझ्नका लागि बोलाउदा सरकारका मन्त्री सचिवहरुले नै अटेर गरेको उनीहरुको गुनासो  

पछिल्लो समय भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका विषयमा सार्वजनिक लेखा  समितिले पर्यटन मन्त्री जितेन्द्रनारायण देवसहितलाई बोलाएको थियो   
मन्त्रीलाई बोलायौं आएनन् सचिवलाई पनि बोलायौं आएनन्’, लेखा समितिले विमानस्थल निर्माणका समस्याबारे बोलाएको बैठकमा उनीहरु अनुपस्थित भएको समितिका सदस्य एवं सांसद पशुपति चौंलागाइले जनाए  
राष्ट्रिय गौरवको आयोजनामा पर्ने उक्त विमानस्थल स्थानीय ठेकेदारसगको विवादले महिना ढिलाई भएको थियो विवाद नमिलेपछि समितिले चासो देखाएको थियो चिनिया मुख्य ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले निर्माण सामाग्री सप्लाईका लागि सम्बन्धित कम्पनीहरुलाई अहिले थप पैसा निकासा गरी काम अघि बढाएको  
सांसद चौंलागाईले यस्ता आयोजना समयमा सक्न ठेकेदार कम्पनी, सरकार सरोकारवाला निकाय सबैको हात हुने सुझाव दिए   
संसदीय समितिले समन्वय गर्छ हामीले त्यो काम गरेका छौं मन्त्री, सचिव टाडिएर आयोजना समयमै बन्न सक्दैन सरकारको सहयोग पर्याप्त भएन भने उक्त एयपोर्ट फेरी ढिलाई हुन सक्छ’, सञ्चार केन्द्र नेपालले आइतवार राजधानीमा आयोजना गरेको एक अन्तक्र्रियामा सांसद रामहरि खतिवडाले भने भैरहवा विमानस्थल निर्माणका लागि आवश्यक माटो, ग्राभेलको व्यवस्था गर्न नागरिक उड्ययन प्राधिकरणले समेत ढिलाई गरेको सम्झौतामा ती सामाग्री उपलब्ध गराउने जिम्मेवारी प्राधिकरणकै हुने उल्लेख  
उक्त आयोजनाको प्रगतिविवरण बुझ्न केही समय अघि लेखा समितिका सांसदहरु आयोजनास्थल नै पुगेका थिए अहिले उक्त आयोजनाका लागि आवश्यक उपकरण, दक्ष प्राविधिकहरु झिकाइएको दुइ साता यता मुख्य ठेकेदार कम्पनी आफै अग्रसर भई वटा कम्पनीलाई पैसा निकासा गरेको कामलाई तिव्र बनाउन चिनिया कम्पनीले ७८ करोड ४० लाख रुपैया थप बजेट निकासा गरेको सरकारी स्वामित्वको उक्त चिनिया कम्पनी आयोजनाको प्रगति विवरण बुझ्न उच्चस्तरीय टोली समेत नेपाल आउदैछ  
गौतम बुद्ध विमानस्थलसहित राष्ट्रिय गौरवका माथिल्लो तामाकोशी, निजगढ अन्तराष्ट्रिय विमानस्थल, पोखरा अन्तराष्ट्रिय विमानस्थल लगायत आयोजना समयमा पूरा गराउने तर्फ पछिल्लो समय समितिहरुले सक्रियता देखाएका छन्   
विकास समितिका सभापति रविन्द्र अधिकारीले आयोजनालाई समयमै बनाउने हो सफल बनाउने हो भने सरकारले क्षमता देखाउन सक्नुपर्ने सुझाव दिए सरकारको क्षमता नभएको होइन तर त्यो खालको इच्छाशक्ति छैन’, सभापति अधिकारीले भने उनले एशियाली विकास बैंक, विश्व बैंक जस्ता ठूला दाता संस्थामा हावी भएको कर्मचारीतन्त्र वेथितिले पनि आयोजनालाई प्रभावित तुल्याएको दावी गरे  
भैरहवा विमानस्थल एशियाली विकास बैंकको अर्ब २२ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको हो   एडीबीको निरीक्षण सरकारको तदारुकता भएमा आयोजनाको काम समयमै सकिने  सभासद अधिकारीले बताए स्थानीय ठेकेदार नर्थवेस्ट इन्फ्रा नेपाललले भुक्तानी अनुसार काम नगरेको, निर्माण सामाग्री समयमै उपलब्ध नभएको जस्ता विवाद उक्त विमानस्थल निर्माणमा देखिएको थियो   चाइनिज कम्पनीले काम अघि बढाउन एक दर्जन इन्जिनियरसहित १५ जना विज्ञहरु नेपाल झिकाइसकेको




सेयर गर्नुस्

0 comments: