अब पिण्ड चढाउने पालो ज्ञानेन्द्रको

पूर्व राजा ज्ञानेन्द्र
पूर्वराजा ज्ञानेन्द्र सोह्रश्राद्धको तिथिअगावै १६ गते शुक्रबार बैंककबाट फर्किंदैछन् अब तिहारसम्म कतै नजाने गरी आउन लागेका उनले एक हप्तापछि शुरु हुने सोह्रश्राद्धअन्तर्गत तीनजनाको पिण्डदान गर्नुपर्नेछ स्रोतका अनुसार आमा रत्नराज्य बस्दै आएको नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा बाबु महेन्द्र, दाजु वीरेन्द्र भाइ धीरेन्द्रको पिण्ड तीन फरकफरक तिथिमा दान गर्नुपर्नेछ

यो क्रम ०५९ सालदेखि शुरु भएको हो शाही परम्पराअनुसार राजाका रुपमा गद्दीसीन रहेको बेला यस्ता धार्मिक औपचारिकता पूरा गरिरहनुपर्दैन तर, राजकाज नचलाएको बेला भने पितृहरुको नाममा वर्षेनी श्राद्ध गर्ने, तर्पण दिनेजस्ता काम गर्न मिल्छ उनी राजा रहुञ्जेल यी तीनै श्राद्ध डिल्लीबजारस्थित बडागुरुज्यूको घरमै सम्पन्न हुने गरेको थियो तर्पण दिने काम शाही नातेदारको उपस्थितिमा बडागुरुज्यूले गर्थे अहिले पनि डिल्लीबजारका पाण्डेहरु पूर्वराजपरिवारका बडागुरुज्यूको उपाधिमै छन्
तर, स्वयं ज्ञानेन्द्रमाथि सरकारी लगानी नरहेको बेला ती गुरुज्यू खलकले सरकारी कोषबाट पाउँदै आएको भत्ता पाउने कुरै भएन पुस्तौँदेखि दरबारको सेवा गर्दैआएका बडागुरुज्यू खलकका सदस्यहरु अहिले पनि पूर्वराजाका हरेक धार्मिक कार्यक्रममा पुरोहितकै भूमिकामा जाने गरेका छन् शाहीपरम्परामा दरबारभित्र श्राद्ध गरिँदैन तर, अहिले नारायणहिटी दरबार नभई सरकारी स्वामीत्वको संग्रहालय महेन्द्र मञ्जिल अस्थायी बसोबास गर्ने ठाउँ बनेपछि त्यहाँ गरिने धार्मिक क्रियाकलापहरु खोलिएको
त्यस्तै, पूर्वयुवराज्ञी हिमानीले बारा पर्साका बाढीपीडितलाई राहत वितरण गरी बैंककतिर लागेकी छन् विभिन्न व्यापारिक घरानाबाट प्राप्त सहयोगबाट ५० लाखभन्दा बढी खर्च गरेर राहत बाँडेकी हुन् हिमानी ट्रस्टका एक कर्मचारीका अनुसार, राहत वितरणका क्रममा उनको यातायात, बसोबास खानपानको खर्चमात्रै तीन लाख नाघेको उनीसँग काठमाडौंबाट सातजनाको टोली गएको थियो हिमानीले बालबच्चालाई काठमाडौंमै छाडेकी छन् उनी हिँडेपछि काठमाडौंमै रहेका पूर्वयुवराज पारसले बल्ल छोराछोरीसँग भेट गरेका छन् जनअास्था साप्ताहिकबाट 




सेयर गर्नुस्

0 comments: