काबेली ले बगाउने पक्का चुलाचुली को अध्यारो

आफ्ना कुरा राख्दै राजेन्द्र केरुङ्ग 
इलाम  जिल्ला को दक्षिणी गा बि स  चुलाचुली का केहि वडा हरु मा  आज सम्म पनि बिजुली पुग्न सकेको छैन झापा को दमक नगर पालिका संगै जोडिएको भए पनि जिल्ला का  हिसाबले अलक अलक भएका कारण छिमेकी ले झलमल बिजुली बाल्ने तर आफु हरु चाहि टुकी र सोलार को उज्यालो ले रात बिताउनु परेको बताउछन् यस भेग का बासिन्दा हरु ।  सरकार को  ग्रामिण तथा लघु
जलाबिदुत आयोजना हरु लाइ पनि केन्द्रिय प्रसारण लाइन मा जोडने नीति का कारण अब भने चुलाचुली का बासिन्दा ले बत्ति को मुख  देख्न पाउने भएका छन्। पुर्वान्चन का जिल्ला हरु इलाम पाचथर तेरथुम तथा ताप्लेजुङ्ग का विभिन्न जलाबिध्युत परियोजना बाट उत्पादित बिजुली लाइ केन्द्रिय प्रसारण मा जोडन संचालन गरेको काबेली करिडोर
उपस्थित स्थानिय जनसमुदाय


कार्यक्रम संचालन गर्दै लोक नाथ पौडेल 
आयोजना ले आफ्नो आयोजना संचालन गर्दा  प्रभाब परेका छेत्र हरु लाइ राहत स्वरुप बिधयुत  वितरण गर्न लागेको कार्यक्रम ले चुलाचुली गा बि स का वडा नम्बरहरु  ५ , ६  र ७ का बासिन्दा ले काबेली करिडोर को बिद्युत बाल्न पाउने भएका छन्।  गत पुस २९ गते चुलाचुली ६ स्थित सुक्रबारे बजार मा   काबेली कोरिडोर का  केन्द्रिय प्रमुख श्री दिपेन्द्र दुबेदी को प्रमुख आतिथ्य  मा तथा   बिधुत समन्वय समितिको अध्यक्ष सुबास आङ्थुपो को अध्यक्षता मा  सरोकारवालाहरुको  आम भेलामा प्रमुख अथिती काबेली कोरिडोर का  केन्द्रिय प्रमुख श्री दिपेन्द्र दुबेदी ले चाडो भन्दा चाडो  एक महिना पछि नै  बिधुत बिस्तार गर्ने  क्रम लाइ सुरु गर्ने योजना सुनाउनु भएको छ  र प्रभावित  सबै छेत्र हरुमा  १८  महिना भित्रमा  बिधयुत बिस्तार गरेर प्रभावित छेत्र का जनता लाइ लाभान्वित गराउने   जानकारी समेत दिनु भयो। बर्सौ देखि राजनीतिक नेता हरु को मिठो आस्वासन मा पर्दै आएका यो छेत्र का जनता हरु संग भोट माग्ने राजनीतिक नेता हरु को अब भने बाटो बन्द गरिदिएको छ काबेली करिडोर ले  यो काम कुनै नेताको वा राजनीतिक दल को  पहलमा नभई  काबेली करिडोर को सम्पूर्ण बिधयुत  चुलाचुली को बाटो भएर बग्न्ने भएकोले राज्यको योजना  अनुसार दायाँ २५०० मिटर र बायाँ  २५०० मिटर विद्युतीकरण गरिएको समेत खुलासा गर्नु भयो प्रमुख  अतिथि दिपेन्द्र दुबेदी ले । भेला मा  बोल्दै नेपालि कांग्रेस का नेता तथा इलाम जिल्ला  महासमिति सदस्य श्री भेस राज आचार्य ले चुलाचुलीमा बिकास नहुनु मा जितेर जाने नेताहरुको दोष , जिम्मेवारी प्रति लापरवाही र जनता लाई झुट बोलेर सपना बाड्नु नै आज सम्म चुलाचुली अध्यारो  हुनु को मुख्य कारण  र बिकाश मा पछि पर्नु को कारण पनि यहि हो भन्नु भयो।  भयो। कार्यक्रम को संचालन  लोक नाथ पौडेल ले गर्नु भएको थियो  भने स्वागत मन्तव्य  स्वरुप कुल बाहादुर सुब्बले उपस्थित सबै लाइ स्वागत तथा आफ्नो बिचार राखनु  भएको थियोे ।  नेपाली कांग्रेस का स्थानिय युवा  नेता  राजेन्द्र केरुङ , ने क पा ए मा ले का  ओम नारायण खनाल , ने क पा माओबादि का तिल प्रसाद आङ्थुपो लगायत ले कार्यक्रम मा  बोल्नु भएको थियो। सो कार्यक्रम मा स्थानिय बासिन्दा को पनि निक्कै बाक्लो उपस्थिति रहेको जानकारी आएको छ ।

- राजेन्द्र केरुङ्ग को सहयोग मा  


  


सेयर गर्नुस्