अग्ला छन् चुचुरा हिमाल हिमका गन्तव्य ढिक्कामय,
छन् सौन्दर्य पहाड फूल सजिए बन्छन् सुरम्यालय ?
यी मैदान तराइ भूमि रसिला अन्नादि भण्डारमा,
भित्र्याऔं अब शुध्द पर्यटनता के हुन्न नेपालमा ?

गाई गोरु बथान हाँस कुखुरा बाख्रा र चौंरीहरू,
जे दिन्छन् पशुले समष्टिगतमा सो चीज बिक्री गरौं।सारा काम यतै बितोस् अनि लिऊँ बिस्तारको तालिम,
आम्दानी तब बढ्छ तीव्रगतिमा के हुन्न नेपालमा ?
उब्जाऊँ अदुवा मकै अकवरे खाद्यान्नको सञ्चय,
कोदो दाल जडीवुटी र कुरिलो गोड्दै अलैंचीमय।
पानी खेत भिजेर धान हरियो बढ्नेछ उत्पादन,
पोखौं जाँगर आत्मनिर्भर हुँदै के हुन्न नेपालमा ?

बाटो खन्न र माल बोक्न यसरी लागौं युवाहो अब,
आफ्नो यो जलसम्पदा सुरसिलो हुन् विश्वदोस्रो तब।
चाँदी स्वर्ण फलाम इन्धनहरू खोजेर अन्वेषण,
यो सम्पन्न छ भूमि नै खनिजले के हुन्न नेपालमा ?

जान्छन् खेर यहाँ सबै किसिमका सामान कच्चाहरू,
खोलौं आज जुटेर शान्तमनले उद्योगधन्दाहरू ।
हट्नेछन् अनि पो अशान्ति मनका बेरोजगारीपन,
उद्योगीपनले समर्पित हुँदा जे हुन्छ नेपालमा ?